कोरोनाले गर्दा बहुत चर्चामा आएको फिल्म `एक्स ९´ तत्कालै नहुने भएको छ । फेब्रुअरी महिनाको अन्त्यबाट फ्लोरमा जाने योजना रहेको निर्माण टिमले अब यो फिल्मको छाँयाकनलाई पछाडि सारेका छन् । निर्देशक मुकुन्द भट्टले सुटिङ पोस्टपोन्डबारेको जानकारी कलाकारलाई गराइसकेका छन् ।फिल्मकै लागि भनेर कलाकारले ३ महिनादेखि शारीरिक सुगठन गराउँदै थिए । यसकै लागि भनेर अनमोल केसीले जुँगा पालेका थिए तर, अहिले जुँगा फालिसकेका छन् । अब अनमोल पेन्डिङमा रहेको घरकै फिल्म `पारसको´ तयारीमा छन् ।