भारतका चर्चित गायक अनुग्रह विष्टले नेपाली गीतमा आफ्नो आवाज दिएका छन् l हालै रिलिज भएको  ‘नशा’ बोलको गीतमा उनको स्वर सुन्न सकिन्छ l  शान भुसालको शब्द तथा संगीत गीतमा रहेको छ l अमेरिकाको डलासमा छायांकन भएको भिडियोमा जोर्ज ओटेरो, एलेक्सजेन्ड्रीया पास्कुसी, अंकित शर्मा र दीपेश आचार्यको अभिनय छ ।

भिडियोका निर्देशक छायांकन तथा सम्पादन विकास बराइली हुन् । भिडियोलाई लुसेन्ट फिल्मस्को ब्यानरमा निर्माण गरिएको हो l