‘फोन उठाउने हरियोले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजन राज सिवाकोटी र एलिना चौहानले आवाज दिएको गीतको शब्द रोशनीले कोरेकी छिन् l राजेन्द्र श्रेष्ठले गीतमा संगीत भरेका छन् l शिव बि.क ले भिडियोको निर्देशन गरेका हुन् l

 

  कलाकार रियासा दाहाल, बेगम नेपाली, मनराज श्रेष्ठ, करुणा श्रेष्ठ, राजकुमार देवकोटा, आकृति न्यौपानेलाई भिडियोमा देख्न सकिन्छ l भिडियोलाई प्रकाश खड्काले छायाङ्कन गरेका हुन् l गीतको सम्पादन पदम सुवेदीले गरेका छन् भने कलर मिलन विश्वकर्माको रहेको छ ।