धुर्मुस–सुन्तली फाउन्डेसनविरुद्ध अख्तियारमा उजुरी परेको छ । भ्रष्टाचार भयो भन्दै फाउन्डेसनविरुद्ध उजुरी परेको हो । विदेशमा बसेका नेपालीहरूले इमेल मार्फत भ्रस्टचार गरेको भने पछि अख्तियारको आँखामा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परेको हो l आफूहरूले पठाएको पैसा बराबरको काम नभएको उनीहरूको भनाइ छ l अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले भ्रस्टचार बारे जानकारी गराएका हुन् l दोश्रो चरणको काम गर्दा गर्दै उक्त निर्माण रोकिएको थियो l केही समय अघि फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले उधारोमा काम गरेको बताएका थिए l साथै ५४ करोड खर्च भएकामा करिब १६ करोड रुपैयाँ उधारो भएको र एकै पटक धेरै ठुलो रकम खर्च गर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यले नधान्ने भन्दै रंगशाला लथालिङ्ग बनाएर छोडेका थिए l