सिनेमा हल , जिम लगायत मनोरञ्जन क्षेत्रहरू अनिश्चित कालको लागि फेरी बन्द भएका छन् l कोरोनालाई मध्य नजर गर्दै सर्कार बिग्यप्ती निकाल्दै माघ १५ सम्मको लागि यी क्षेत्रहरू बन्द गराएको हो l कोरोनाका कारण यस अघि पनि दुई पटक बन्द भएको सिनेमा हलको यो तेश्रो बन्द हो l पहिलो चरणको महामारीमा करिब ९ महिना बन्द भएर खुलेका हलहरू सरकारले तीन महिनामै फेरि बन्द गराएको थियो । दोस्रो पटक करिब ५ महिना बन्द भएर यसपालिको दसैँबाट हलहरू खुले । कोरोनाको तेस्रो लहर फैलिएसँगै सरकारले फेरि हल बन्द गर्ने निर्णय गरेपछि फिल्मकर्मीहरू निराश बनेका छन् ।