चलचित्र ‘ऐश्वर्य’को पोस्टर सार्वजनिक भएको छ । केही समय अघि चलचित्रको टिजर र गीत सार्वजनिक भएको थियो । टिजरमा ऐश्वर्यलाई पाउनको लागीका अभिनेता रमेश उप्रेती र प्रशान्त ताम्राकार बिचको भिडिन्तलाई देखाइएको थियो । सार्वजनिक गरिएको पोस्टरमा पनि ऐश्वर्यलाई पाउनको लागी रमेश र प्रशान्त बिचको टकरावलाई देखाउने प्रयास गरिएको छ । पोस्टरमा नव–नायिका दिपिका प्रसाईलाई बोल्ड देखाइएको छ ।

                  
चलचित्रमा रमेश, प्रशान्त र दिपिकाको साथै  केकी अधिकारी , निर्मल शर्मा , अर्जुन श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । रमेश उप्रेती प्रस्तुतकर्ता रहेको यस चलचित्रमा अर्जुन श्रेष्ठ र किरण राणा उप्रेती निर्माता रहेका छन् । निर्मल शर्मा कार्यकारी निर्माता रहेको यस चलचित्रमा लेखन तथा निर्देशन दिवाकर भट्टराईको रहेको छ । सुदीप वरालको छायाँकन रहेको यो चलचित्र कार्तिक ९ मा रिलिज हुनेछ । फिल्मलाई अल नेपाल डिसीएनले वितरण गर्नेछ ।