अभिनेता आर्यन सिग्देल नयाँ फिल्ममा अनुबन्धित भएका छन् l निर्देशक मधुसूदन भट्टराईले सिग्देललाई फिल्ममा भित्र्याएका हुन् l फिल्ममा आर्यन मुख्य भूमिकामा अनुबन्धित भएका हुन् ।  फिल्ममा आर्यन लभरब्वाइको भूमिकामा देखिँदै छन् l आरआर फिल्मसको ब्यानरमा बन्ने फिल्मको मुख्य अभिनेत्री सार्वजनिक गर्ने तयारी भएको छ । फिल्म  वैशाख बाट फ्लोरमा उत्रने छ l निर्देशक भट्टराई फिल्म 'हामी तीन भाइ'को तयारीमा पनि छन् l