नेपाली फिल्म ‘मीरा’को निर्माण सुरु गरिएको छ । फिल्मकर्मी रोशन कुमारको निर्देशनमा बन्ने भनिएको यो नेपाली फिल्मको ‘मीरा’को निर्माण सुरु गरिएको छ । फिल्मकर्मी रोशन कुमारको निर्देशनमा बन्ने भनिएकोको मंगलबार काठमाडौंको गुहेश्वरी मन्दिर परीसरमा शुभमुहुर्त गरियो ।सरकारले निर्धारण गरेको २५ जना भन्दा बढी मानिस भेला नहुने मापदण्डलाई पालना गर्दै शुभमुहुर्त कार्यक्रम आयोजना गरिएको फिल्म निर्माण संस्थाको भनाइ छ । द लाइफ एक्सप्रेस मुभि मेकर्स प्रालि तथा मझारे ईन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्ने यस फिल्म शुभमुहुर्त समारोहमा फिल्मका मुख्य कलाकार रमेश क्षेत्री तथा रजिना अर्यालले मुहुर्त शटमा अभिनय गर्नुभयो । फिल्मकर्मी कृष्ण मल्लद्वारा निर्देशन गरिएको मुहुर्त शटमा चलचित्रका मुख्य कलाकारले फिल्मकै संवाद बोल्नु भएको थियो । मुहुर्त शटमा द्वन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले क्यामराको स्विच अन गर्नुभयो भने फिल्मकर्मी राजेश बिसुरालले क्ल्याप गर्नुभएको थियो । लेखक सुशिल देवकोटाले नरिवल फुटाएर शुभसाइत शटको थालनी गर्नुभयो । त्यसअघि फिल्मकर्मी सुनिल कटवालले क्यामराको पूजा गर्नुभयो । समारोहमा प्रसारणको क्रममा रहेको टेलिश्रृंखला ‘ब्ल्याक एण्ड ह्वाइ’ को टिमलाई नै मुख्य अतिथि बनाइएको थियो । चलचित्रमा रजिना अर्यालले  यसै फिल्ममाबाट डेब्यू गर्दैहुनुहुन्छ । फिल्ममा रजिना अर्याल र रमेश क्षेत्रीसंगै प्रेम बस्याल, रविना केसी, महेश धामी क्षेत्री , उन्नत उप्रेती ,प्रमिल बिक लगायत कलाकारको पनि अभिनय रहनेछ । गोपाल कार्की र आरोही श्रेष्ठको यो फिल्ममा लगानी रहनेछ । फिल्मको कथा प्रेम बस्यालले लेख्नुभएको हो । समारोहमा फिल्मको पोस्टर समेत अनावरण गरिएको थियो । स्वास्थ्य मापदण्ड पालना गर्दै केही दिनमै फ्लोरमा जाने यो फिल्म यही नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा ल्याइने निर्देशक रोशन कुमारले जानकारी दिनुभयो