पूजा शर्मा र पल शाहको मुख्य भूमिका रहेको फिल्म 'म यस्तो गीत गाउँछु २' को रिलिज मिति पोस्टपोन्ड भएको छ l कोरोनाको कारण निर्माण टिमले फिल्मको रिलिज मिति पोस्टपोन्ड गरेका हुन् l बिग्यप्ती निकाल्दै फिल्म बारे जानकारी गराइएको हो l सुदर्शन थापाले निर्देशन गरेको फिल्मलाई निर्देशक थापा र पूजा निर्माण गरेका हुन् । फिल्ममा पूजा र पलका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय रहेको छ ।'म यस्तो गीत गाउँछु २'को कथा शिवं अधिकारी र दिनेश न्यौपानेले लेखेका हुन् ।
बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । फिल्ममा पाँच गीत समावेश छन् भने पाँच वटै गीतमा सङ्गीतकार अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।