जातीय विभेद विरुद्ध घोषणा गरेको लघु फिल्म प्रतियोगिताका लागि २० फिल्म छनौट भएका छन् । केही समय अघि नेपाल फिल्म निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युनडीपीसँग मिलेर यस् प्रतियोगिताको आयोजना गरेको थियो l अबको दुई हप्ता दर्शकको अवलोकनका लागि विभिन्न सामाजिक सञ्जालमा फिल्म राखिन्छन् । सञ्जालमा फिल्मले पाउने दर्शक तथा प्रतिक्रिया एवम् निर्णायकको निर्णयका आधारमा विजेता घोषणा गरिनेछ । दर्शकले दिने प्रतिक्रियाको अंकभार ५० प्रतिशत रहनेछ भने ५० प्रतिशत निर्णयमा निर्णायकको आयोजकले जनाएको छ । विजेताले २ लाख रुपैयाँ, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार पुरस्कारको रुपमा प्राप्त गर्नेछन् । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सह सचिव फणीन्द्र गौतम, वरिष्ठ निर्माता÷निर्देशक तथा कलाकार नीर शाह, चलचित्र निर्देशक समाजका महासचिव जनक दीप पराजुली, कलाकार लक्ष्मी बर्देवा, ए टु जेड प्रोजेक्ट म्यानेजर वसन्त अधिकारी र युएनडिपीका प्रमुख सूचना अधिकृत कमल राज सिग्देल निर्णायक प्रतियोगिताको मण्डलमा रहेका छन् । छनौट भएको फिल्मको नामावली यस्तो छ l वाशिष्ठ प्रधानको ‘दिबास्केट’, सुरेन्द्र प्रजापतिको ‘शून्य’, सुदन सिंह ठकुरीको ‘सेम’, सराना श्रेष्ठको ‘सामना’, बालकृष्ण वंशीको ‘पुमावाङगु म्हगास’, हाफ टाइम क्रिएसनको ‘पीडा’, रनधीर श्रेष्ठको ‘परी’, राजेश श्रेष्ठको ‘नयाँ जुत्ता’, अतीनश्रेष्ठको ‘म स्वयं नेपाली’ साफुको ‘म म नै हुँ’ आशिष् शर्मा पंगेनीको ‘क ख ग घ’ छिन्न मस्ता फिल्मस्को ‘आइ एम नट ह्युमन’, नगेन्द्र राईको ‘हि इज माई गड’, मेरियन राज भण्डारीको ‘गंगा’ सन्तोष सरकारको ‘फू’, काव्यालय प्रडक्सनको ‘चेत’, विनोद पुडासैनीको ‘भगवान् सबैको’ प्रतीक सिंह एन्ड टिमको ‘ब्याटल अगेन्स्ट डिस्क्रिमिनेसन’ शर्मा क्रिएसनको ‘अछोप’, प्रकाश सुब्बाको ‘फ्लावर’ रहेका छन् ।