गायिका मेलिना राईको आवाजमा समावेश गीत 'फूलहरू मगमग' रिलिज भएको छ l कान्छान थालङको लय सिर्जना र रचना रहेको गीतको एरेन्ज टेकेन्द्र यक्षो लिम्बुले गरेका हुन् l भिडियोको निर्देशन सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको रहेको छ l
बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । निर्देशक श्रेष्ठकै छायाङ्कन र सम्पादन रहेको भिडियोलाई सृजना निङ्लेकु नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l