पछिल्लो समय गायिका समीक्षा अधिकारीले सञ्जाल मार्फत केही कुरा खुलाउने बताएकी छिन् l केही समय अघि उनको अभिनेता पल शाह सँगको सम्बन्ध बारे थुप्रै गसिपहरु बनेका थिए l उक्त गसिप झुटो रहेको समीक्षाले बताएकी थिइन् l तर उनले बारम्बार केही दिन देखी सञ्जाल मार्फत केही कुरा खुलाउने जानकारी गराएकी छिन् l उनले लेखेका उक्त स्ट्याटसले यती बेला दर्शक श्रोता साथै पत्रकारहरूलाई पनि पलकै कुरा पो हो कि भनेर अड्कल काट्न बाध्य बनाएको छ l बिहीबार समीक्षाले लेखेकी छिन्, ‘म लामो केही भन्दिन्न । २४ अक्टोबर २०२१ मा मेरो फेसबुक वालमा लेखिएको यो स्ट्याटस वास्तविकताभन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ । अब समय आउँदै छ, यथार्थ खुलाउँदै छु ।
’ सो स्ट्याटसले यती बेला निकै नै कौतुहलता दर्शकलाई बनाएको छ l तर, आज उनले उक्त स्ट्याटस कसैको अनुनयमा लेखिएको बताएकी छिन् । चाँडै वास्तविकता सार्वजनिक गर्ने समेत उनको भनाइ छ ।