गायक यम बरालको स्वर तथा संगीतमा ‘जति रुनु रोएँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । रमेश एम के पौडेलको शब्दमा तयार भएको गीतको भिडियोलाई रञ्जिता सिवाकोटीले निर्देशन गरेकी हुन् । भिडियोमा निता ढुंगाना, आकाश सुलभ र निर्मल शर्माको अभिनय छ ।

शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोलाई युट्युब च्यानल बोधी एच डी मार्फत रिलिज गरिएको छ l