यो साता पनि विभिन्न नयाँ गीत संगीत बजारमा भित्रिए । अघिल्लो साताको तुलनामा यो साता पनि उत्तिकै म्युजिक भिडियोहरू सार्वजनिक भए l  ती गीत संगीत केही सार्वजनिक कार्यक्रम सहित बाहिर ल्याइयो, भने केही युट्युब मार्फत सार्वजनिक भए । यस्ता छन् – यो साता बजारमा आएका गीत ।कतिलाई दर्शकले मिठो माया दिए भने कति सन्तोषजनक पनि भएनन् l 

१: मेलिना राईको 'फूलहरू मगमग' 

गायिका मेलिना राईको आवाजमा समावेश गीत 'फूलहरू मगमग' यसै हप्ता रिलिज भएको हो l कान्छान थालङको लय सिर्जना र रचना रहेको गीतको एरेन्ज टेकेन्द्र यक्षो लिम्बुले गरेका हुन् l भिडियोको निर्देशन  सञ्चारकर्मी एवं निर्देशक कुशल श्रेष्ठको रहेको छ l उक्त म्युजिक भिडियोलाई २ लाख माथि दर्शकल्ले हेरेका छन् l बेलायतका रमणीय स्थानहरूमा छायाङ्कन गरिएको भिडियोमा सृजना निङ्लेखुको बेजोड अभिनय देख्न सकिन्छ । निर्देशक श्रेष्ठकै  छायाङ्कन र सम्पादन रहेको भिडियोलाई सृजना निङ्लेकु नामक युट्युब च्यानलमा हेर्न सकिन्छ l

२:योगेश काजी शाहले आफ्नै संगीत र स्वरमा ‘पानी खोलीको’ बोलको गीत पनि यही हप्ता बजारमा आएको हो । हाल सम्म यस म्युजिक भिडियोले २१ हजार माथि दर्शकको मात्र साथ पाएको छ l गीतमा शब्द तेजश रेग्मीको छ ।मार्मिक गीतको भिडियोमा योगेश,सोना घिमिरे र अनुप अधिकारीले अभिनय गरेका छन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी क्रान्ति केसीले गरेका हुन् । छायाँकन अजय रेग्मी र सम्पादन नीराजन केसीको छ ।

 

३: सुन्तली र बले अभिनीत 'जाला जोबन'

यस भिडियोलाई ९ लाख माथि दर्शकले हेरी सकेका छन् l गायक रेवती घिमिरे र गायिका समीक्षा अधिकारीको स्वरमा ‘जाला जोबन’ बोलका गीत रिलिज भएको ६ दिन भयो । डान्सिङ नम्वरको गीतमा कलाकारद्वाय कुञ्जना घिमिरे सुन्तली र सागर लम्साल बले फिचर्ड छन् । गीतमा शब्द संगीता घिमिरेले लेखेकी छिन् । भिडियोको निर्देशन एवं कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् । नवराज उप्रेतीले खिचेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका छन् । पछिल्लो समय कुञ्जना र सागर म्युजिक भिडियोमा व्यस्त छन् ।

४: गायक मनोजराज सिवाकोटीको स्वरमा ’म मरे भने’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको ७ दिन भयो । ७ दिनमा पनि यो गीतलाई ५ हजार कटौन पनि धौ धौ भएको छ l गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै छ । भिडियोमा नायक आमेश भण्डारी र कलाकार ईन्दु दनुवारको अभिनय छ । यो भिडियोको निर्देशन कृष्ण पौडेलले निर्देशन गरेका हुन् । सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन् । भिडियोमा आमेश भण्डारी र इन्दुसँगै मिलन दाहाल र अशोक रोक्काले अभिनय गरेका छन् ।

 

 

५: मोडेलद्दय उषा उप्रेती रगिता ढुंगानाको अभिनय रहेको म्युजिक भिडियो 'अस्ट्रेलिया बस्ने केटाले' पनि यही हप्ता बजारमा आफ्नो पकड लिएको थियो l गायिकाद्दय सान्ती श्री परियार र समीक्षा अधिकारीको भोकल रहेको गीतको शब्द नेत्र अर्यालले कोरेका हुन् l म्युजिक भिडियोलाई २ लाख माथि दर्शकले हेरेका छन् भने टिकटकमा पनि राम्रो पकड जमाइरहेको छ l

६: विक्की कार्कीको स्वर, शब्द तथा संगीत रहेको गीत ‘गाँजाको सहारा’लाई पनि १० हजार माथि दर्शकले हेरेका छन् l हिजो मात्र रिलिज भएको यस म्युजिक भिडियोले दर्शकको साथ पाउने क्रममा छ l  रिकेश गुरुङको संगीत संयोजन रहेको गीत म्युजिक भिडियोसहित बाहिर आएको हो ।भिडियोमा सुनिल गुरुङ, समीक्षा पोखरेल र बिराज सुवेदीको अभिनय देख्न सकिन्छ । प्रेमिकाको सम्झनामा प्रेमीले गाँजा तान्दै बसेको प्रसंग गीतमा व्यक्त गरिएको छ । भिडियोले पनि त्यही कथा बुनिएको छ ।उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशन रहेको भिडियोमा दीपक गिरीको छायाँकन र  दिनसन शाहको सम्पादन छ । 

 

७: अभिनेता पल शाहको अभिनय रहेको म्युजिक भिडियो 'को होला त्यो २' को फीमेल भर्जन गत शुक्रवार सार्वजनिक भएको थियो l १ दिनमै १ लाख माथि दर्शकले हेरेका छन् भने भिडियोले युट्युब ट्रेन्डिङको १३ औ स्थान पनि ओगटेको छ l सुमन गुरुङको भोकल रहेको गीतको रचना सुनिल गिरीले कोरेका छन् l भिडियोमा पललाई क्रिस्टिना थापाले साथ दिएकी छिन् l  

भिडियो :