निर्देशक विज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । ए एम तुराजको शब्द रहेको गीतमा राजु सरदारले संगीत भरेका हुन् भने गीतलाई अल्टमाश फरिदीले गाएका छन् । भिडियोमा स्वाति कोथारी र सुशील कुमार ऐलानीको अभिनय रहेको छ ।
भिडियोलाई निर्देशक विज्ञान राईले नै सम्पादन गरेका छन् । राजेन्द्र मोक्तानले भिडियोमा रंग संयोजनको काम गरेका छन् । भारतिय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो । भिडियो छायांकन नेपालमै भएको छ l