नायिकाद्दय जसिता गुरुङ र अदिति बुढाथोकीको तस्बिर दुरुपयोग गरेको भन्दै अदिति कानुनी उपचारमा जाने तयारीमा छिन्  l स्वस्तिमा खड्का अभिनीत मलायम फिल्म ‘थिरिमाली’को गीतमा यी दुईको तस्बिर पनि देखाइएको छ l गत शनिवार रिलिज गरिएको गीतको भिडियोमा स्वस्तिमाले आइटम न्रित्य गरेकी छिन् l साथै उक्त गीतको एक दृश्य कैद गर्दा जसिता र अदितिलाई पनि देखाइएको छ l बिना अनुमति तस्बिर प्रयोग भएकोमा अदितिले कानुनी उपचारमा जान लागेकी हुन् l तस्बिरमा अन्य केही नेपाली मोडलहरू समेत देख्न सकिन्छ ।फिल्मका नेपाली निर्माता सरोज न्यौपानेले ‘उनीहरूले थाहा नपाएर गुगलबाट तस्बिर प्रयोग गरेको बताएका छन् । अहिले मेरो यो विषयमा कुरा भइसकेको छ । उनीहरूले युट्युबको भिडियोमा तस्बिर ब्लर गर्दै छन् । फिल्मबाट पनि सो दृश्य नै हटाइएको छ ।’ जीव शेट्टीको निर्देशन रहेको फिल्मलाई एसके लरेन्सले निर्माण गरेका हुन् । कमेडी जनरामा निर्माण भएको फिल्मको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा रिलिज हुने छ ।