पछिल्लो समय नायक नायिकाहरुलाई पनि युट्युब भूतले समातेको छ l कुनै बेला युट्युबे भनेर नाम राख्दिएका कलाकारहरू अहिले आफै नै युट्युबमा झुमिएको देख्दा बढो अनौठो लाग्छ l फुर्सदको समय भनौँ या निर्माता- निर्देशकले फिल्म नदिएर हो l अभिनयको इछ्या मेटनलाई कि डलरको खेती गर्नलाई युट्युबमा अनेकौँ प्रोग्रामहरु लिएर आउने गरेका छन् l उदाहरणको रुपमा नायिका रिचा शर्मा, रिमा विश्वकर्मा ,नायक जय किसन बस्नेत लगायत कलाकारहरू l अब यसै सुचीमा नायिका साम्रागीले पनि आफ्नो नाम राखेकी छन् l साम्राज्ञीले साम्राज्ञी राज्यलक्ष्मी शाहको छोटकरी रूप एसआरएलएस नामक युट्युब च्यानल सञ्चालनमा ल्याएकी छिन् । उनले आफ्नो काम, जीवनशैली र नायिका प्रियंका कार्कीको अन्तर्वातालाई समेटेर पहिलो भ्लग रिलिज गरेकी छिन् । यसअघि आफूले सञ्चालनमा ल्याएको अनलाइन ब्यापारबारे पनि साम्राज्ञीले यसमा जानकारी दिएकी छिन् ।