निर्माता छविराज ओझाको निर्माणमा बनेको चलचित्र ‘मंगलम’को प्रदर्शन मिति तय भएको छ । चलचित्र दशैँलाई लक्षित गर्दै असोज ११ गते प्रदर्शनमा आउने भएको छ । सोही मितिमा दिपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ प्रदर्शनमा आउदै छ । चलचित्रको छायाँकन सुरु हुने बेला देखि नै प्रदर्शन मिति तय गरेको छक्का पञ्जा २ को आफ्नो प्रमोसन जोडतोडले सुरु गरिसकेको छ । यता एक महिना भन्दा पनि कम समय हुदाँ मंगलम असोज ११ मा नै भएको हो । निर्माण पक्षको अनुसार चलचित्रको प्रचार अब चाडैँ नै सुरु गर्ने बताएका छन् । चलचित्रलाई नवल नेपालले निर्देशन गरेका हुन् भने यसै चलचित्रबाट नायिका शिल्पा पोखरेल निर्मात्रीको रुपमा देखिन्दै छिन् । चलचित्रमा शिल्पा पोखरेल, पृश्वीराज प्रसाईं र पुष्पल खड्काको मुख्य भूमिका रहेको छ ।