हाँस्यकलाकार मनोज गजुरेल कोरोनाभाइरसको छायामा परेका छन्  । आफूलाई कोरोना संक्रमण भएको सञ्जाल मार्फत बताएका हुन् l सञ्जालमा गजुरेल लेख्छन् : पहिलोजस्तो सातो लिने र दोस्रोजस्तो ज्यानै लिनेचाहिँ हैन तर थलाचाहीँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौँ, केही नहुन्जेल केहीपनी हुँदैन । ओमिक्रोनको आक्रमणबाट होम आइसोलेसनमा पस्नु भएका, अस्पतालमा बस्नु भएका तथा आइसियुमा पुग्नु भएका हामी सबैलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न तथा गराउन हार्दिक अनुरोध छ ।’ हाल उनी घरमै रेस्ट गरी रहेका छन् l कोरोना संक्रमण भएको उनलाई यो दोश्रो पटक हो l