निकास पुन, राम रसाइली, शान्ति श्री परियार र पिमसरा आले मगरको स्वरमा नयाँ गीत‘वनको खरायो’ सार्वजनिक भएको छ । राम रसाइलीको शब्द र लय सिर्जना रहेको गीतको भिडियोलाई सुरेन बसेलले निर्देशन गरेका छन् l

भिडियोमा सुनिल क्षेत्री, अञ्जलि अधिकारी र नबिना कार्कीले पनि अभिनय गरेका छन् । दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाई सम्पादन वीरबहादुर थारुले गरेका छन् l भिडियोलाई दर नामको युट्युब च्यानलमा हेर्न सकिन्छ l