कोरोना संक्रमण दर बढेसँगै सरकारले लागु गरेको नियम पालना गर्दै फिल्म 'लाखे' ले दुई युनिट बनाएर फिल्मको छायांकन गरिरहेको छ । निर्देशक सम्राट् बस्नेतले महामारीको अवस्था र स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै सुटिङमा दुई युनिट प्रयोग गरिरहेको जानकारी गराएका हुन् । निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्म निर्माण गर्दै छन् l नायिका वर्षा राउत, सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायत फिल्ममा\ रहेका छन् l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । हाइ बजेटमा निर्माण हुन लागेको यस फिल्ममा अन्य नयाँ कलाकारहरूको पनि अभिनय रहने छ l फिल्मको कथा पनि निर्माता सिजन अर्यालकै रहने छ l यस अघि निर्देशक सम्राट्ले फिल्म 'पासवर्ड' निर्माण गरेका थिए l व्यावसायिक रूपमा सफलता नपाएता पनि फिल्मको चौतर्फी चर्चा भने भएको थियो l