बंगलादेशको ढाकामा आयोजित ‘ढाका अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा ‘पुतलीको सपना’ र ‘ऐना झ्यालको पुतली’ ले अवार्ड जितेका छन् । २० औँ संस्करणमा यी दुई फिल्म फरक फरक विधामा अवार्ड हात परेका हुन् l ‘ऐना झ्यालको पुतली’बाट सुजित बिडारीले उत्कृष्ट निर्देशकको अवार्ड र किरण पोखरेल निर्देशित ‘पुतलीको सपना’ले स्क्रिप्ट ल्याबतर्फ प्रथम पुरस्कार प्राप्त गरेको हो । साथै ‘पुतलीको सपना’ले पाँच हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ । महोत्सव’मा १७ विधामा अवार्ड प्रदान गरिएको थियो l