नायिका शिल्पा पोखरेल भोजपुरी फिल्ममा अनुबन्धित भएकी छिन् l उक्त फिल्ममा उनले भोजपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुआ)सँग स्क्रिन सेयर गर्ने छिन् l निर्देशक सोनु खत्रीले निर्देशन गर्ने ‘निरहुआ चलल लण्डन २ र हनुमान की गली’मा मुख्य नायिकाको रुपमा फाइनल भएकी हुन् । फिल्ममा आम्रपाली दुवे, देव सिंह, अनुप अरोरा, अशी तिवारीलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । यी दुवै फिल्ममा सोही कलाकारहरू हुने छन् l शिल्पाले यस अघि दुई भोजपुरी फिल्म ‘प्रेम गीत २ र जय शम्भु’ मा अभिनय गरिसकेकी छन् ।