फिल्म ‘ह्यारीकी प्यारी’ को शुभमुर्हत गर्दै छायांकन सुरु गरिएको छ l सोमवार पर्वत जिल्लाको भूक देउरालीमा क्यामेरा र स्क्रिप्ट पूजा गरेपछि निर्माण टिमले फिल्मको छायांकन सुरु गरेको हो । यस फिल्ममा नायिका साम्राज्ञी आरएल शाह र जितु नेपाल मुख्य मुख्य भूमिकामा रहेका छन् l फिल्मलाई डा. भोला रिजालका छोरा तथा निर्माता कपिल रिजालको निर्देशन गर्दै छन् l कपिलले यसै फिल्म बाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् । फिल्ममा लक्ष्मी गिरी, सुभाष गजुरेल, डिल्ली खनालको पनि अभिनय रहनेछ । स्वास्थ सुरक्षाको मापदण्ड अपनाउँदै फिल्मलाई सुदिप बरालले खिचिरहेका छन् । दीपकराज गिरी र दीपाश्री निरौलाको ‘छक्का पञ्जा’ समूहबाट अलग भएपछि जितुले पहिलो पटक बाहिरी ब्यानरको फिल्ममा काम गरेका हुन् l