विवादपछि ‘थिरिमाली’ले आइटम डान्स भिडियोबाट नायिकाद्दय जसिता गुरुङ र अदिति बुढाथोकीको फोटो हटाएको छ l आइटम गीत ‘रंग बिरंगी’ को एक दृश्यमा जसिता र अदितिलाई पनि देखाइएको थियो l तर तस्बिर मात्र l सो तस्बिरलाई बिना अनुमति राखिएको भन्दै विवाद सिर्जना भएको थियो lगत शनिवार रिलिज गरिएको गीतको भिडियोमा स्वस्तिमाले आइटम न्रित्य गरेकी छिन् l साथै उक्त गीतको एक दृश्य कैद गर्दा जसिता र अदितिलाई पनि देखाइएको छ l बिना अनुमति तस्बिर प्रयोग भएकोमा अदितिले कानुनी उपचारमा जान लागेको अदितिले बताएकी थिइन् l तस्बिरमा अन्य केही नेपाली मोडलहरू समेत देख्न सकिन्छ । जीव शेट्टीको निर्देशन रहेको फिल्मलाई एसके लरेन्सले निर्माण गरेका हुन् । कमेडी जनरामा निर्माण भएको फिल्मको कथा जेभियर एलेक्स र राजीव शेट्टीले लेखेका हुन् । फिल्म मलयालमसँगै हिन्दी, तेलेगू र तामिल भाषामा रिलिज हुने छ ।