फिल्म “सिन्धुलीगढी” ले बिधिवत रुपमा फिल्म विकास बोर्डबाट छायांकन अनुमति प्रमाणपत्र प्राप्त गरेको छ l सास अधिकारीको लगानी रहने फिल्मलाई सास इन्टरटेन्मेन्ट सिनेमा प्रा.लि.को ब्यानरमा निर्माण गर्न लागिएको हो l वरिष्ठ निर्देशक विश्वमणि घिमिरेको निर्देशन र कथा रहने फिल्म नेपाली फिल्म इतिहासमै हाल सम्मको उच्च बजेटमा निर्माण हुने बताइएको छ l फिल्मको छायांकन स्थल सिन्धुली, काठमाडौँ र काभ्रेलाई लक् गरिएको छ l साउथका चर्चित एनिमेटर निर्देशक एस एस राजामौलीले फिल्ममा सहयोग गर्नेछन । जसका लागी चलचित्रको सम्पूर्ण पोष्ट प्रोडक्सन मुम्बईमा गरिने छ । हिन्दी, अङ्ग्रेजी भाषामा फिल्म डब गरिने छ l