‘मास्टर’बाट अत्यधिक प्रशंसा पाएका दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पारिश्रमिक बढाएका छन् l उनले आगामी फिल्म साइन गरे बापत रु १०० करोड पारिश्रमिक बुझेका छन् l 'बिस्ट' मा उनले सो पारिश्रमिक बुझेका हुन् l यस खबरलाई भारतीय संचारले पनि उल्लेख गरेको छ l उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो । नेल्सन दिलीपकुमारले निर्देशन गर्ने फिल्ममा विजय र पूजा हेगेडाको मुख्य भूमिका रहेको छ l एक्सन थ्रिलरको यो फिल्म यसै वर्षको १४ अप्रिलमा रिलिज हुँदै छ । थलापतिले ‘मास्टर’मा ८० करोड पारिश्रमिक लिएका थिए ।