फिल्म ‘बधाई दो’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा रुममेट्सको रुपमा बस्ने गरी विवाह गरेपछि राजकुमार र भूमिको जीवनमा आउने विभिन्न उच्चार-चढावलाई प्रस्तुत गरिएको छ । ट्रेलरमा भूमि पेडनेकर एक पिटी शिक्षकको भूमिका निभाउँदै देखिएकी छन् भने राजकुमार पुलिस अफिसरको भूमिकामा छन् l

हर्षवर्धन कुलकर्णीको निर्देशनमा तयार भएकोमा राजकुमार र भूमिका अलावा फिल्ममा सीमा पाहवा, शीबा चड्ढा, लवलीन मिश्रा, नितीश पाण्डे, दीपक अरोरा, शशि भूषण जस्ता अनुभवी कलाकारहरूको अभिनय रहेको छ । आउँदो फेब्रअरी ११ लाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ ।