अभिनेत्री झरना थापा निर्दे्शित सिनेमाले देशभरबाट आक्रामक व्यापार गर्दै  तिन दिनमा  ३ करोड ४३ लाख २९  हजार ग्रस कलेक्सन गरेको छ। शुक्रबार देशभर ९० पर्दाबाट ७८ लाख बढी ग्रस कलेक्सन गरेको  सिनेमाले पहिलो दिन राजधानीबाट ४५ लाख ५० हजार र  राजधानी बाहिरबाट ३३ लाख २१ हजार कलेक्सन गरेको थियो  । शनिबार सिनेमाले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्न सफल भएको छ । वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख, ७५ हजार र बाहिरबाट ७२ लाख, ५५ हजार कलेक्सन गरेको छ । आइतबार सार्वजनिक विदा परेकोले विहानीका शो बाटै  हाउसफुल को ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ । ईदको विदामा ‘ए मेरो हजुर २’ले राजधानीबाट ५३ लाख १५ हजार र बाहिर बाट ५१ लाख २५ हजार कलेक्सन गरेको थियो।  
सुहाना इन्टरटेनमेन्टको व्यानरमा सुनिलकुमार थापा निर्मित चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ ।‘ए मेरो हजुर २’को कथा हरिहर अधिकारीले लेखेका हुन् । संजय लामाले खिचेको सिनेमाका पटकथाकार सामिप्यराज तिमेल्सिना हुन् ।