चैत्र १० गते बाट ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ (निफ) हुने भएको छ l सो महोत्सवमा ५ देशबाट चार सयभन्दा बढी फिल्मले सहभागिता जनाएका थिए l तर ती मध्येबाट ३८ देशका ८९ फिल्म छनौट भएका छन् l अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा फिचर, एनिमेटेड, वृत्तचित्र, सर्ट र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गतका विधामा आवेदन मागिएको थियो ।  अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहितको गौतम बुद्ध अवार्ड दिइने छ l साथै नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद पुरस्कारसहितको ‘वेस्ट डकुमेन्ट्री अवार्ड’ पनि राखिएको छ l महोत्सवमा सर्वोत्कृष्ट हुने डकुमेन्ट्रीलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड फिल्मलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड,सर्वोत्कृष्ट लघु फिल्मलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिने भएको छ । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचरलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ । यसै गरी फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने छ l