गीत ‘स्वतन्त्र मन’ सार्वजनिक भएको छ। वरिष्ठ गायक उदित नारायण झाको स्वर रहेको गीतको शब्द रचना गीतकार डा.प्रकाश पौडेलले कोरेका हुन् l गीतको संगीत राज सागरले भरेका छन्। भिडियोको निर्देशन राजन ईशान र विजेशले गरेका हुन्।

भिडियोमा नायक आर्यन सिग्देल र नायिका वर्षा राउत देखिएका छन्। शिवराम श्रेष्ठले खिचेको भिडियोलाई बिजेश पौडेलले सम्पादन गरेका छन् l डीआरपिपी युट्युब च्यानल बाट रिलिज गरीको भिडियोको कन्सेप्ट  राजन ईशानले तयार परेका हुन् l