नायक पल शाह र नायिका मलिका महतको जोडी एकदमै रुचाइएको जोडी हो l अन्य मोडेल सँग पनि पलको नाम त जोडिएको छ l तर मलिका सँग जति सुहाउँछ अन्य मोडेल  सँग खासै सुहाएको छैन l म्युजिक भिडियो ‘फूल बुट्टे सारी’ मा स्क्रिन सेयर गरेपछि यो जोडीको चौतर्फी चर्चा भएको थियो l त्यस पस्चात यी दुईलाई लिएर केन्द्र मोसन्सले अन्य भिडियो पनि निर्माण गर्‍यो l केन्द्र मोसन पिक्चर्सले अभिनेता पल शाह र अभिनेत्री मलिका महतसँग नयाँ खालको सम्झौता गर्‍यो दर्शकको माग बढेपछि l सम्झौतामा केन्द्र मोसनभन्दा बाहिरको भिडियोमा एकसाथ काम गर्न नपाउने भन्ने थियो । पल र मलिकालाई एकसाथ लिएर केन्द्रले मात्र भिडियो बनाउने सम्झौता सकिएको छ । सम्झौता सकिए सँगै अब यी दुईको माग बाहिरी निर्माता सँग हुन्छ भनेर ठाडै भन्न सकिन्छ l हालै यो जोडीले निर्देशक निकेश खड्काको निर्देशनमा बनेको नयाँ म्युजिक भिडियोमा काम गरिसकेको छ ।