प्रभासको फिल्म ‘राधे श्याम’ ओटिटीमा रिलिज नहुने भएको छ l १४ जनावरीमा फिल्मको रिलिज मिति लक् गरिएको थियो l अब सोही समयमा फिल्म रिलिज नहुने भएको छ l फिल्मका निर्माता कृष जगरलामुडीले फिल्म थिएटरमा मात्र रिलिज हुने बताएका छन् । उनले गणतन्त्र दिवसको अवसर पारेर बुधवार यो कुराको जानकारी दिएका हुन् ।ट्विटर मार्फत उनले सो कुराको जानकारी गराएका हुन् l फिल्ममा प्रभास लभर ब्वायको भूमिकामा देखिएका छन् । राधा कृष्ण कुमारको निर्देशन तथा लेखन रहेको फिल्ममा प्रभास र पूजासँगै भाग्य श्री, सचिन खेडेकर, कुनाल रोय कपूरलगायत कलाकारको अभिनय छ ।