हास्य कलाकार तथा मोडल सागर लम्साल पछिल्लो समय प्रेम समबन्ध कारण चर्चामा आइरहेका छन् l ट्विन्स दिदी बहिनी प्रिज्मा- प्रिन्सी सँग पानी बाराबार भए पछि उनी अहिले अर्का ट्विन्स तिर मोडिएको अड्कल काटन सकिन्छ l ती हुन् स्मारिका- सामारीका l अरू बेला प्रिज्मा -प्रिन्सी नभै नहुने उनी अहिले स्मारिका- सामारीका सँग म्युजिक भिडियोमा व्यस्त छन् l हालै यी दुईलाई लिएर उनले नयाँ गीत ‘मायाको भोको’मा काम गरेका छन् l आज सार्वजनिक भएको उक्त गीतमा स्मारिका- सामरीका , बले र कक्रोज देखिएका छन् l बले एन्टरटेन्मेन्ट च्यानल मार्फत रिलिज भएको भिडियोमा यी कलाकारहरूको न्रित्य हेर्न सकिन्छ l प्रिज्मासँगको प्रेममा ब्रेकअप भएपछि सागरले स्मारिका र समारिकासँग सहकार्य गरेका हुन् । सागरले आफूलाई ट्विन्स नै फाप्ने गरेको बताउने गरेका छन् । हरेक कार्यक्रममा बले प्रिज्मा -प्रिन्सीको बारेमा प्रश्न गरेर झस्काउने गरिन्छ l आज यस गीतको लागि राखिएको कार्यक्रममा प्रिज्मा-प्रिन्सी लाई जोडेर गरिएको प्रश्न बाट उनी भाग्न सकेनन् l साथै पत्रकारको प्रश्नको सामना गने कोसिस गर्दै एउटा ट्विन्स आउट भएर अर्को ट्विन्स इन भएको भनेर बुझ्न नहुने बताए l सो प्रश्नको चेपुवामा स्मारिका- सामारीकानी परे l स्मारिकाले उक्त प्रश्नको सामना गर्दै : आफूहरूलाई काम आएको बेलामा टिम र गीत हेरेर काम गर्ने र कामबाट नै आफ्नो क्षमता देखाउने तर्क दिए l