सगरमाथा आरोहण गरेर कीर्तिमान रचेका आरोही निर्मल पुर्जाले बलिउड अभिनेता सलमान खान सँग भेटघाट गरेका छन् l भेटघाटको क्रममा उनले अभिनेता सलमानलाई उपहार स्वरूप आफ्नो बायोग्राफी पुस्तक हस्तान्तरण गरे l उक्त कुराको खबर उनले सामाजिक सञ्जालमा तस्बिर राख्दै क्याप्सन सहित जानकारी गराएका हुन् l निर्मलले लेखेका छन्, ‘सलमान भाइसँगै आनन्ददायक भेटघाट रह्यो । मेरो देशमा चाँडै भेट हुनेछ । साथै आरोही पुर्जाले नेपाल आउन सलमान खानलाई निम्तो समेत दिएका छन् । पछिल्लो समय नेटफ्लिक्समा उनको डकुमेन्ट्री ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ विश्वभर चर्चामा छ l