नायिका वर्षा राउतले आफूले टिकटक बाट नै पैसा कमाउने गरेको बताएकी छिन् l वर्षाले एउटा भिडियोमा एक युवकको स्वरमा लिप्सिङ गर्दै भनेकी छन्, ‘कसले भन्यो सबै केटीहरूलाई पैसा चाहिन्छ ? कोही कोहीलाई माया मात्र भए पुग्छ । तर, मलाई पैसा नै चाहिन्छ नि फेरि ।’ उक्त भिडियोमा ‘तर, म त टिकटकबाटै कमाउँछु नि’ भनेर क्याप्सनमा लेखेकी छिन् l केही समय अघि कलाकारहरूलाई व्यङ्ग्य हान्दै केही अनलाइन न्युज साथै केही सिने कार्यक्रमहरूले भिकारीको दर्जा दिँदै रिपोर्टहरू प्रसारण गरेका थिए l मिडियामा कलाकारले भिख मागेको भन्दै टीकाटिप्पणी हुन थालेपछि जयकिशन बस्नेतसहितका केही कलाकारहरू एक टिभी कार्यक्रमविरुद्ध आक्रोशित समेत बनेका थिए । सो कुराको ब्यापक आलोचना भएपछि व्यङ्ग्य गर्दै उक्त क्याप्सन वर्षाले राखेकी हुन् l टीकटकमा १० लाख फलोर्स कमाएकी वर्षाले दिनहुँ जसो भिडियो अपलोड गर्ने गरेकी छिन् । उनका भिडियोलाई दर्शकले रुचाउने गरेका छन् । उनी टीकटक लाइभमा समेत बस्ने गरेकी हुन्छिन् र फ्यानहरूले उनलाई गिफ्टहरू पठाउँछन् ।