वरिष्ठ नृत्य निर्देशक गोविन्द राईको निर्देशन तथा कन्सेप्ट रहेको म्युजिक भिडियो ‘यो माया' सार्वजनिक गरिएको छ l निशद सिंहको भोकल, शब्द र लय सिर्जना रहेको गीतको एरेन्ज साज सिंहले गरेका छन् l सञ्जीव मगर (जान राणा) र पूजा श्रीको अभिनय रहेको भिडियोको छायाङ्कन मुकेश हुमागाईँको टिमले गरेको छ l
भिडियो सम्पादन विनोद बामको रहेको छ l सुमित गुरुङको कोरीयोग्राफी भिडियोमा समावेश छ l सार्वजनिक भिडियोलाई गोविन्द राई एन्टरटेन्मेन्ट युट्युब च्यानल सर्च गरेर हेर्न सकिन्छ l