वेब सिरिज ‘माई वाइफ इज एन एलियन’ र सुपर हिरो सिनेमा ‘सुपर धने’ निर्माण हुने भएको छ l साइन्स फिक्सन सिरिज ‘माई वाइफ इज एन एलियन’ मा दिनेश श्रेष्ठ निर्माताको रुपमा रहेका छन् l सुमित सिंहको निर्देशन रहने सिरिजको प्रस्तुतकर्ता प्रज्ञा जोशी हुन् । वेब सिरिजको लेखक सुमित सिंह र राजन महर्जन हुन् । आरजे सिंह कार्यकारी निर्माता रहेको सिरिजको छायांकन, सम्पादन र भिएफएक्स जोन राईको रहनेछ । जम्मा ५ एपिसोड निर्माण गरिएको वेब सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, गौरव पहारी, रिस्ता बस्नेत, सरोज दाहाल, मनिष दोलखाली, रविना वस्ताकोटी लगायतको अभिनय रहेको छ l साथै यही टिमको सहकार्यमा बन्ने फिल्म ‘सुपर धने’को अर्को वर्षको कार्तिक अर्थात् नोभेम्बर वाट छायांकन थालिने छ । हाल स्क्रिप्ट लेखन कार्य भैरहेको फिल्ममा कलाकारहरू भने छनौट हुन बाँकी नै रहेका छन् l