नायिका उपासना सिंह ठकुरीले बोल्ड फोटो शूट गरेकी छिन् l तस्बिरमा उपासना बोल्ड अवतारमा देखिएकी छन् । उनले गुलाबको गुच्छाले आफ्नो छाती छोपेर फोटो सुट गराएकी छन् l उक्त तस्बिरलाई उपासनाले गत शनिवार इन्स्टाग्राम मार्फत सार्वजनिक गरेकी हुन् l यस खाले तस्बिर उपासनाले खिचाएको अनौठो भने हैन यस अघि थुप्रै नायिकाहरूले खिचाएका छन् l ‘कबड्डी’ को तेश्रो सिरिज बाट दर्शकको नजरमा परेकी ठकुरीले लकडाउनपछि फिल्म ‘डिसेम्बर फल्स’ मा काम गरेकी थिइन् । साथै कोरियोग्राफर कविराज गहतराजले निर्देशन गर्ने फिल्म ‘मिरर’साइन गरेकी छिन् भने उनको आगामी फिल्म 'सत्यंम' भने फ्लोरमा जाने तयारीमा छ l