केही समय अघि 'मन बुढो भएन' बोलको गीतमा आवाज दिएका महानायक राजेश हमाल पुनः नयाँ गीतका साथ दर्शक माझ आउन लागेका छन् l गोविन्द भट्टको रचना रहेको गीत ‘गाउँले ठिटो’ मा उनले आफ्नो आवाज दिएका हुन् l गीतमा हमालको एकल आवाज रहेको छ l उक्त गीतको गत शुक्रवार रेकर्ड गरिएको हो l अहिले मिक्सिङ भइरहेको गीतको केही दिनमा भिडियो छायांकन हुँदै छ । भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गर्ने छन् भन भिडियोमा राजेशले नै अभिनय गर्ने छन् l ‘विदेशमा गएकाहरूलाई नेपालमै राम्रो छ, गाउँमै राम्रो छ भन्ने मुल् सन्देश गीतको रहेको छ l गीतलाई गोपाल रसाइलीले एरेञ्ज गरेका छन् । गीतमा लय सिर्जना सन्तोष श्रेष्ठको समावेश छ l