बलिउड अभिनेता फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकरले पुनः दोश्रो पटक विवाह गर्दै छन् l ओमिक्रोनको बढ्दो खतराका कारण अदालती विवाह गरेका फरान र शिवानीले अप्रिलमा अर्को भव्य विवाह गर्न लागेका हुन् । २१ फेब्रुअरीमा यो जोडी सीमित व्यक्तिको उपस्थिति अदालती विवाह गरेका थिए l भारतिय सञ्चारमा उल्लेख अनुसार अख्तर जोडीले अप्रिलमा एक ग्रान्ड वेडिङ गर्ने निर्णय लिएका हुन् l श्रद्धा कपूरसँगको प्रेम-सम्बन्धमा पानी बाराबार भएपछि फरान शिवानी सँग नजिकिएका थिए l