नायिका आँचल शर्मालाई लिएर निर्देशक मिलन चाम्सले फिल्म 'बर एन्ड बधू' निर्देशन गर्दै छन् l फिल्ममा नायिका आँचल शर्मालाई 'बधू' को भूमिकामा देखाइने छ l कोरोनालाई मध्य नजर गर्दै निर्माण टिमले फाल्गुन देखी फिल्मलाई फ्लोरमा लाने योजना बनाएको छ l फरक कथा बस्तुमा निर्माण हुने यस फिल्ममा अभिनेता भने फाइनल गरिएको छैन l एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा फिल्म निर्माण हुने फिल्ममा नयाँ अनुहारलाई देख्न सकिन्छ l फिल्ममा काम गर्न चाहने नयाँ अनुहारले निर्माण टिमसँग सम्पर्क गर्न सक्ने मिलनको भनाइ छ । साथै फिल्मका अन्य कलाकार र प्राविधिक केही दिनमै फाइनल हुने र सम्पूर्ण जानकारी पत्रकार सम्मेलन मार्फत दिने निर्माणपक्षले बताएको छ । आँचलले लकडाउनपछि काम गर्न लागेको यो पहिलो नेपाली फिल्म हो ।