हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको गीत ‘कर्कलो कोक्याउला’ प्रहरी प्रधान कार्यालयलाई हस्तान्तरण गरिएको छ । गीतको भिडियो अडियो दुवै नै आचार्यले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हस्तान्तरण गराएका हुन् l सार्वजनिक गीतले चेलीबेटी बेचबिखनविरुद्ध सचेतना जगाउने सन्देश दिन्छ ।  किरण तुलाधरको संगीत संयोजन रहेको गीतको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् l सुशील सापकोटाको छायांकन र सुरक्षा पन्तको पटकथा भिडियोमा समावेश छ l साथै भूपेन्द्र अधिकारीको भिजुयल मास्टरिङ्ग, श्री कृष्ण श्रेष्ठको भि.एफ.एक्स र रेनिस फागोको रङ्ग संयोजन भिडियोमा रहेको छ l भिडियोमा कलाकार हरिवंश आचार्य,स्वस्तिमा खड्का,श्याम पाण्डे,महेश त्रिपाठी,नवीन लम्साल,रुक्मिला अधिकारी र विमल खड्काको अभिनय रहेको छ l