एक समयकी चर्चित नायिका हुन् मेलिना मानन्धर l कलाकार मुकेश ढकाल सँग बिहे गरे पस्चात अमेरिका गएकी मेलिना आफूलाई पुनः फिल्म नगरीमा कम्ब्याक हुन उपयुक्त समयको पर्खाइमा बसेकी छिन् l यस कुरालाई मेलिना स्वयमले नै बताएकी हुन् l टिकटक लाइभमा दर्शकले गरेको प्रश्नमा उनले सो उत्तर दिएकी हुन् l सामाजिक संजालमार्फत प्राय ब्यस्तनै रहने उनी दर्शकसँग अन्तरक्रिया गर्न जुटिरहेकी हुन्छिन् । दर्शकले ठुलो पर्दा फर्किन उनलाई आग्रह गरी रहेका हुन्छन् l दर्शकले उक्त कुरा गर्दा गर्दै उनले ‘तपाईँहरूले मलाई चाँडै पर्दामा देख्न सक्नुहुन्छ’ हालैको एक टीकटक लाइभमा मेलिनाले भनिन्, ‘यसका लागि विचार गरिरहेकी छु ।’ भनेर आफ्नो भिब्यक्ती दिएकी छिन् l