अभिनेता राजेश हमाल र नायिका निरुता सिंहले १३ वर्षपछि स्क्रिन सेयर गरेका छन् l एक म्युजिक भिडियो मार्फत यी दुईले १३ वर्ष पछि टिम अप गरेका हुन् l भिडियो निर्देशक जेबी वाग्रीले लामो समय पछि दर्शकलाई यो जोडी सँगै देख्न पाउने बनाएका हुन् l उक्त म्युजिक भिडियोमा निरुताले दरबारकी एक महिला पात्रको भूमिका निभाएकी छिन् भने राजेशले राणाकालिन दरबारका शासकको चरित्र निभाएका छन् l २० वर्षीय गायक कृष्ण विकद्वारा स्वरबद्ध गीतमा उक्त भिडियो निर्माण भएको हो । ३५ लाखको बजेटमा सो भिडियो निर्माण भएको छ l