गायक अभिराज ओली एम्सेन्जको भोकल र शब्दमा म्युजिक भिडियो 'जिन्दगानी' रिलिज भएको छ l अभिराजकै आधिकारिक युट्युब च्यानल एम्सेन्ज बाट भिडियो सार्वजनिक गरिएको हो l गीतको लय सिर्जना तथा संगीत संयोजन विशाल निरौलाको रहेको छ l
सुमन भण्डारीले खिचेको सम्पूर्ण भिडियोको छायाङ्कन अमेरिकामानै गरिएको छ l सुवास, विनीता, अंसेन्ज ,रिकु ,सकुलको भिडियोमा अभिनय रहेको छ l यस अघि एम्सेन्जले अभिनेता राजेश हमालको अभिनय रहेको भिडियो 'नाचन कान्छी' बजारमा ल्याएका थिए l