फिल्म 'लाखे' मा अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् l मंगलवार निर्माण टिम र प्रशान्तले फिल्म अभिनयको सम्झौता गरेका हुन् । यस् अघी प्रशान्तको ठाउँमा कलाकार सुनिल थापालाई निर्माण टिमले अफर गरेको थियो l तर समय नमिल्ने भएपछी सुनिल फिल्म बाट बाहिरीएका हुन् l साथै , निर्माण टिमले प्रशान्तलाई भित्र्याएको हो l  निर्देशक सम्राट् बस्नेतले मल्टी स्टार राखेर यस फिल्म निर्माण गरी रहेका छन् l कोरोनालाई मध्य नजर गर्दै २ युनिट बनाएर फिल्मको छायाङ्कन  भैरहेको छ l फिल्ममा वर्षा राउत , सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, लगायत रहेका छन् l ग्लोबल मिडिया एन्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा बन्ने फिल्मका निर्माता सिजन अर्याल हुन् । गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता छन् । हाइ बजेटमा निर्माण हुन लागेको यस फिल्ममा अन्य नयाँ कलाकारहरूको पनि अभिनय रहने छ l फिल्मको कथा पनि निर्माता सिजन अर्यालकै रहने छ l यस अघि निर्देशक सम्राट्ले फिल्म 'पासवर्ड' निर्माण गरेका थिए l व्यावसायिक रूपमा सफलता नपाएता पनि फिल्मको चौतर्फी चर्चा भने भएको थियो l