फिल्म ‘ठगराज’ निर्माण हुने भएको छ । रङ्ग पत्रकार लक्ष्मण सुवेदीले फिल्म निर्माण घोषणा गरेका हुन् l गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालाफोर्निया र दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने फिल्मको कथा , निर्माण र निर्देशन सुवेदीले नै गर्ने छन् l फिल्म सामाजिक कथा , कमेडी , प्रेम र सेन्टिमेन्ट्को एउटा प्याकेजमा बन्ने छ l फिल्मको लागि कलाकार भने छनौट भैसकेको छैन l अब चाडै नै कलाकार पनि छनौट गरी जानकारी गराइने निर्माण टिमको भनाइ छ l चैत्रको अन्तिमबाट फ्लोरमा फिल्म उत्रने छ l यस अघि सुवेदीले एउटा साथी , स्टार लगायत फिल्ममा काम गरी सकेका छन् l साथै उनको लेखनमा निर्माण भएको कृष्ण लीला भने प्रदर्शनको तयारीमा छ l