सदाबहार नायिका करीश्मा मानन्धर आज बाट ४७ पार गरी ४८ औ वर्षमा टेकेकी छन् l करिश्माको जन्म सन् १९७४ फ्रेवुअरी ४ मा भएको थियो । जन्मदिनमा उनी आज काठमाडौँमा भने छैनन् । पारिवारिक व्यापारको सिलसिलामा उनी सिमरा पुगेकी छिन् । नायिका मानन्धरले अभिनय गरेको पहिलो फिल्म ‘सन्तान’ हो । वि.सं २०४२ सालमा निर्माण भएको यो फिल्ममा अभिनय गरेपछि करिश्मालाई कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । उनले अभिनय गरेका ‘मायालु, कस्तुरी, ट्रक ड्राइभर, भाउजू, साथी, एक नम्बरको पाखे, बसन्ती, ढुकढुकी, पन्छी, जिद्दी, जिन्दगी’ लगायतका फिल्म चर्चामा छन् l