युट्युब भ्लगर चेतन कार्की पक्राउ परेका छन् l लागु औसध बोकेर हिँडेको गाडी सहित प्रहरीले चेतनलाई पक्राउ गरेको हो l उनी शुक्रवार पक्राउ परेका हुन् l  कार्कीले चलाएको चेतन भ्लग आवरणको ०१–००३ क ९१८२ नम्बरको मिनी ट्रक जाँच गर्दा लागू औषध फेला परेको थियो । बर्दिबासबाट काभ्रेपलान्चोकको धुलिखेलतर्फ जाँदै गर्दा सुराकी पाएर उनलाई बाटैमा समातिएको हो l कार्कीले लगाएको ट्र्याक सुटको दाहिने खल्तीबाट खैरो हेरोइन ४ दशमलव १३० ग्राम , गितारको कभरमा लुकाएर राखेको ६ दशमलव ९३० ग्राम गाँजा कार्की बाट प्रहरीले फेला पारेको थियो l चेतनलाई सिन्धुली अदालतबाट ७ दिनको म्याद थपी अनुसन्धान राखिएको प्रहरीले जनाएको छ l